• ट्रेण्डिङ्ग :
अटो अनियन्त्रित भइ पल्टिदा दुई जना घाइते

अटो अनियन्त्रित भइ पल्टिदा दुई जना घाइते


  • 2.9K
    SHARES
    • आश्विन २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    अटो अनियन्त्रित भइ पल्टिदा दुई जना घाइते

    तुलसीपुर, २८ असोज । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको अटो अनियन्त्रित भइ पल्टिदा दुई जना घाइते भएका छन् । सोमबार बेलुका साढे ६ बजेको समयमा तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा१ह २१०८ नम्बरको अटो दंगीशरण–५ पोटली चोकमा पल्टिएको थियो । 

    images

    अटो पल्टिदा अटोमा सवार बर्दिया राजापुर नगरपालिका–२ बस्ने ४० वर्षीया सुन्तली परियार, सोही ठाउँ निवासी ६५ वर्षीया धनी परियार घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

    अटोमा चालकसहित ४ जना सवार रहेको उहाँले बताउनु भयो । अटोलाई प्रहरले नियन्त्रणमा लिएको छ । 


    तेस्रो आँखा