• ट्रेण्डिङ्ग :
दाङमा आफैलाई चक्कु प्रहार गर्दा युवकको मृत्यु

दाङमा आफैलाई चक्कु प्रहार गर्दा युवकको मृत्यु


  • 3.6K
    SHARES
    • आश्विन २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.5K Views

    दाङमा आफैलाई चक्कु प्रहार गर्दा युवकको मृत्यु

    दाङ २९ असोज । दाङमा आफुले आफैलाई चक्कु प्रहार गर्दा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    मंगलबार बिशान साढे ९ बजेको समयका नगरकोट गाउँपालिका वडा नम्बर १४ घर भइ हाल दाङको बबई गाउँपालिका वडा नम्बर ४ हापुरे बजारमा डोल्मा होटेल संचालन गर्दै आएका सोमार तामाङ्को छोरा २८ वर्षीय अनिल तामाङले आफ्नो पेटमा आफै चक्कु हानी घाइते भएका थिए ।

    उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मापसे गरेको तामाङले बावुसँग  झगडा भएपछि आफ्नै पेटमा चक्कु प्रहार गरेका थिए । 

    मृतकका बुवा र दाजु बर्ष ३१ का पूर्ण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा