• ट्रेण्डिङ्ग :
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार


  • 2.7K
    SHARES
    • आश्विन २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

    विराटनगर, २९ असोज । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।

    images

    ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ हिजोदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवको उद्धार गरिएको हो । 

    उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका– १५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिनुभयो । यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवको उद्धार गरिएको उहाँले बताउनुभयो ।

    उद्धार गरिएकाहरूलाई आजै मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । 


    तेस्रो आँखा