काठमाडौँ, मंसिर ६ ।
नेकपा एमालले स्थायी कमिटि बैठक बोलाएको छ । १० औँ महाधिवेशनको अन्तिम तयारीमा रहेको एमालेले महाधिवेशन केन्द्रीत छलफलका लागि बैठक बोलाएको जनाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
बैठकमा ५ प्रतिसत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने अजेण्डामा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको छ । मंसिर १० देखि चितवनमा सुरु हुने महाधिवेशनमा २ हजार बढि प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
