• ट्रेण्डिङ्ग :
आज देशभरको मौसम अनुकूल रहने

आज देशभरको मौसम अनुकूल रहने


  • 3.0K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    आज देशभरको मौसम अनुकूल रहने

    काठमाडौँ, ३० असोज । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


    तेस्रो आँखा