भीम रावलको उम्मेदवारी ब्यक्तिगत असन्तुष्टि मात्रै : ज्ञवाली

भीम रावलको उम्मेदवारी ब्यक्तिगत असन्तुष्टि मात्रै : ज्ञवाली


  • 6.0K
    SHARES
    • मंसिर ६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    भीम रावलको उम्मेदवारी ब्यक्तिगत असन्तुष्टि मात्रै : ज्ञवाली

    काठमाडौँ, मंसिर ६ ।
    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अर्का उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणालाई ‘ब्यक्तिगत असन्तुष्टि’ मात्रै भन्नु भएको छ । ज्ञवालीले रावल स्वयं सहमतीका पक्षधर रहेकाले उहाँको उम्मेदवारी महाधिवेशनमा नरहने बिश्वास समेत ब्यक्त गर्नु भयो । तेस्रो अँखासंग कुराकानी गर्दै ज्ञवालीले नेतृत्वबाट रावलमाथि भएको ‘अन्याय’ का कारण उहाँको उम्मेदवारी घोषणा भएको बताउनु भयो ।

    images

    ‘अहिले त उहाँले उम्मेदवार हुँ मात्रै भन्नु भएको होनि,उहाँको उम्मेदवारी दर्ता भैसकेको त हैन,’ ज्ञवालीले भन्नु भयो ‘उहाँ स्वयं सहमतीको पक्षधर नेता हो, उहाँलाई कसरी सहमतीमा ल्याउन सकिन्छ भनेर अब अध्यक्ष ज्यू लगाएत नेतृत्वमा अन्य हामी नेताहरुको भुमिका हुनु पर्यो नि ।’


    ज्ञवालीले हालका उपाध्यक्ष रावललाई अब पार्टीको उचित भुमिकामा स्थान दिए उहाँको उम्मेदवारी नरहने समेत बताए । ‘उहाँ अहिलेको उपाध्यक्ष पनि हो, उहाँलाई अबको उचित स्थान कहाँ हो ? उहाँलाई त्यो उचित स्थानमा बस्नुस् भनेर भन्न सक्नु पर्यो,’ ज्ञवालीले भन्नु भयो ‘यो भुमिकामा हामी गम्भिर भएर सोच्न सक्यौँ भने रावल जिको उम्मेदवारी रहँदैन ।’

    रावलले आईतबार आँफू अध्यक्षको उम्मेदवार बन्ने भन्दै उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
    ज्ञवालीका अनुसार सुदुुरपश्चिममा पार्टीले लिएको निर्णय नै रावलको उम्मेदवारी घोषणाको प्रमुख कारण हो । प्रतिनिधि चयन, पार्टी सदस्य चयनमा भएको निर्णय प्रति रावलको असन्तुष्टि रहँदै आएको छ ।‘मुख्यतया ः सुदुरपश्चिममा पार्टीले लिएको निर्णय प्रतिको उहाँको असन्तुष्टि हो,’ज्ञवालीले भन्नु भयो ‘प्रतिनिधि चयन, पार्टी सदस्य चयनमा उहाँलाई बाईपास गरियो भन्नेमा उहाँको असन्तुष्टि हो ।’     


    तेस्रो आँखा