• ट्रेण्डिङ्ग :
मनकामना केबलकार नियमित सञ्चालनमा

मनकामना केबलकार नियमित सञ्चालनमा


  • 2.5K
    SHARES
    • कार्तिक २, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.8K Views

    मनकामना केबलकार नियमित सञ्चालनमा

    चितवन, २ कात्तिक । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । 
     
    उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताउनुभयो । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

    images

     केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ । 


    तेस्रो आँखा