• ट्रेण्डिङ्ग :
मानव जीवनमा आध्यात्मिक ज्ञान आवश्यक छ : डा अग्रवाल

मानव जीवनमा आध्यात्मिक ज्ञान आवश्यक छ : डा अग्रवाल


  • 4.9K
    SHARES
    • कार्तिक ३, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.6K Views

    मानव जीवनमा आध्यात्मिक ज्ञान आवश्यक छ : डा अग्रवाल

    तुलसीपुर, ३ कात्तिक । आध्यात्मिक विज्ञानले मानव जीवनलाई सुन्दर बनाउँछ । मान्छे डाक्टर, विज्ञान, इन्जिनियर र भारी बोक्ने जे जस्तो पेसामा रहे पनि जीवन जिउने क्रममा आवश्यक पर्ने ज्ञान भनेको आध्यात्मिक विज्ञान नै रहेको विश्व प्रसिद्ध  आध्यात्मिक प्रेरक डा जेपी अग्रवालले बताउनुभयो । 

    images

    डा अग्रवालका अनुसार आध्यात्मिक विज्ञानले हाम्रो जीवनमा धेरै सुबिधा ल्याएको छ । अहिले हामी सबैसँग फोन छ, पहिले कसैसँग फोन थिएन यो सब आध्यात्मिक विज्ञानको काम हो । आध्यात्मिक विज्ञान वास्तवमा भौतिक बिज्ञान हो । कुनै पनि इन्जिन र बुद्धिले पनि भ्याउन नसकेको काम कुरा भौतिक विज्ञान हो । 

    IMG_0797.jpeg

    मान्छेको जीवनमा गर्भ अवस्थामा हुँदा नै आध्यात्मिक ज्ञानको विकास हुन्छ । मान्छेको जन्म दुई पटक जन्म हुन्छ एउटा गर्भ अवस्थामा प्रवेश गरेपछि र अर्को आमाको कोखबाट जन्म लिएपछि गरि दुईपटक मानवको जन्म हुने डा अग्रवालले बताउनुभयो । 

    तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले विज्ञानको कुरा बुझ्न सकेनौ भने आफ्नो मात्र कुरा बुझेर काम छैन । विज्ञानले जस्तो कुरालाई पनि सत्य र तथ्य रुपमा परिमाण गरेको बताउनुभयो । "विज्ञानले जुन कुराको आबिष्कार गर्यो त्यो सन्तुष्टिजनक छैन किनभने मान्छेलाई जति कुराको विकास भयो त्यो भन्दा दुई गुना बढि पैसा कमाउने सोच्छौँ" उहाँले भन्नुभयो "हामी पैसाले समृद्ध, सन्तुष्टि हुने सपना देख्छौ र हाम्रो जीवनमा सन्तुष्टि हुनलाई बिज्ञानले सिकाएको कुरा मात्र गर्न आवश्यक छ ।"

    नेपाल मानव धर्म सेवा समितिले आयोजना गरिएको आध्यात्मिक विज्ञानसंग सम्बन्धित कुराहरुको बारेका जानकारी गराउने उदेश्यका साथ कार्यक्रम उद्योग बाणिज्य संघ तुलसीपुरको सभाहलमा भएको थियो । नेपाल मानवधर्म सेवा समिति राप्तीका प्रभारिका महात्मा भाँदना बाइजिको अध्यक्षतामा र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथ्यमा कार्यक्रम भएको थियो । 


    तेस्रो आँखा