रोल्पा, ०३ कार्तिक । आफ्नो नेतृत्वको सरकारमा बनाएको कार्यक्रम जनताको कार्यक्रम भएकाले त्यस्को कार्यान्वयन हुनुपर्ने लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महराले बताउनु भएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेवाङमा आयोजित लिस्ने राज्यपोखरी युवा क्लबको १५ औँ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै महराले सो कुरा बताउनु भएको हो ।
“विकास निर्माणमा सबैको एकता हुनुपर्छ, क्लबले सबै क्षेत्रमा काम गरि युवालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ” उहाँले थप्नुभयो । क्लबलाई आफ्नै मौलिक गित, संगित बनाउन उहाँले सुझाब दिनुभयो। “अरुको नक्कल गर्न भन्दा आफ्नो छुट्टै पहिचान बनाउन आवश्यक छ, जस्ले हाम्रो पहिचान स्थापित गर्दछ ।” उहाँले भन्नुभयो ।
“धेरै युवाहरु आफ्नो खेतबारी बाझो राखेरे बिदेसिएका छन्” उहाँले भन्नुभयो “रोजगार हामी आफै सृजना गर्नुपर्छ । नेपालको श्रम बजारमा श्रमको मुल्य बढाउन पर्यो, त्यसो भए यहीँ देशमै काम गर्ने वातावरण बन्छ” उहाँले थप्नुभयो। रोजगारीका लागि उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई थियो। “कामको शिलशिलामा बिदेश जाने प्रचलन पहिले देखि नै थियो, तर अहिले यसको प्रचलन बढेको छ ।” उहाँले थप्नुभयो।
“जनताको आदेशले मुख्यमन्त्री भएर काम गर्ने अवसर मिल्यो । हामीले रोल्पा जिल्ला भित्र प्राथमिकता साथ बजेट को बिनियोजन गर्यो । जनताको पक्षमा रहेर काम गरेको छौ । हामीले बजेट निर्माण गर्यो कार्यन्वयनमा अर्को सरकार आयो ।” उहाँले थप्नुभयो “विकास निर्माणको काममा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ ।”
भरत विश्वकर्मा
