• ट्रेण्डिङ्ग :
कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला

कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला


  • 5.0K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.6K Views

    कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला

    तुलसीपुर , ४ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरी कुवामा डुबेको अवस्थामा मृत फेला परेका छन्। आइतबार विहान पौने ७ बजेको समयमा उनी आफ्नै घरको कुवामा डुवेको अवस्थामा मृत फेला परेका हुन्। 

    images

    मृतक चौधरीका भाउजू आँसी चौधरीले पानी तान्ने कममा शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन सहितको संयुक्त टोलीले चौधरीको शव कुवाबाट निकालेको हो । मृतक चौधरी असोज ३० गतेदेखि घरमा नभएको बुझिएको छ । 


    तेस्रो आँखा