काठमाडौँमा ‘फेस्टिभल क्याम्प’ सुरु

काठमाडौँमा ‘फेस्टिभल क्याम्प’ सुरु


  • 3.6K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.5K Views

    काठमाडौँमा ‘फेस्टिभल क्याम्प’ सुरु

    काठमाडौँ, ४ कात्तिक । काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आजदेखि सुरु भएको छ । 

    images

    आइतबार एक समारोहकाबिच महानगरकी उपप्रमुख सुनिता डंगोलले कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन महानगरका विभिन्न १६ वटा केन्द्रमा सञ्चालन हुने फेस्टिभल क्याम्पको संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो । 

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि चाडबाडको छेको पारेर क्याम्प सुरु गरिएको बताउनु भयो । 


    उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले १६ वटा विभिन्न विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थीका लागि फेस्टिभल क्याम्प सुरु गरेका छौं । महानगरले गर्ने विभिन्न नयाँ आयामका कार्यक्रममध्ये यो पनि एक हो । यसअघि बुक फ्रि फ्राइडे कार्यक्रममा समेत उत्साहजनक सहभागिताका साथ प्रभावकारी कार्यान्वयन भएको छ । रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि भनेर चाडबाडको छेको पारेर क्याम्प सुरु गर्न लागेका हौँ ।’

    क्याम्पमा नियमित रूपमा सञ्चालन हुने लेक्चरबेस क्लास नभएर सिर्जनात्मक शिक्षालाई प्रवर्द्धन गर्ने महानगरको तयारी रहेको डंगोलले बताउनु भयो । 

    क्याम्पमा गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्नेगरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् । 

    क्याम्पमा महानगरपालिकाभित्रका १० कक्षामा अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुने महानगरले जनाएको छ । 


    तेस्रो आँखा