• ट्रेण्डिङ्ग :
एमसीसी अनुमाेदनकाे विराेधमा गरिएकाे बन्दकाे प्रभाव सामान्य

एमसीसी अनुमाेदनकाे विराेधमा गरिएकाे बन्दकाे प्रभाव सामान्य


  • 7.3K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    एमसीसी अनुमाेदनकाे विराेधमा गरिएकाे बन्दकाे प्रभाव सामान्य

    काठमाडाैं, १६ फागुन। संसदबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको विरोधमा

    images

    साेमबार नेपाल बन्द आव्हान गरिएकाे छ। एमसीसीकाे विराेधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन्।

    बन्दकाे सामान्य प्रभाव देखिएकाे  छ। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु फेला पर्याे। बन्दको प्रभावले शैक्षिक क्षेत्रमा परेको छ। बन्द गराउदै हिँडेका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ।

    यस्तै, बन्दकर्ताले बिहानै सुकेधारामा दूधको ट्यांकर तोडफोड गरेका छन् भने कलंकीमा लामो दूरीका तीन वटा बसमासमेत तोडफोड गरेका छन्। उपत्यका बाहिर पनि बन्दको छिटफुट प्रभाव देखिएको छ।


    तेस्रो आँखा