• ट्रेण्डिङ्ग :
कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा

कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा


  • 2.7K
    SHARES
    • कार्तिक ५, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.1K Views

    कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा

    मकवानपुर, ५ कात्तिक । कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो । 

    images

    कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात सञ्चालनमा रोक लगाइएको थियो । हेटौँडाबाट काठमाडौँतर्फ हलुका सवारीसाधनलाई त्रिभुवन राजपथको दामन, पालुङ, चित्लाङ हुँदै थानकोट जान एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी नायब उपरिवेक्षक श्यामु अर्यालले बताउनुभयो ।

    काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई एकतर्फी कान्तिलोकपथ र दक्षिणकाली सिस्नेरी सडक भएर सञ्चालनमा ल्याइएको छ । अब नियमित रुपमा हलुका सवारीसाधन  भीमफेदी, कुलेखानी सडकअन्तर्गत पर्ने फाखेल, सिस्नेरी र चखेल, मातातीर्थ एवं कान्तिलोकपथबाट सञ्चालन गरिने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।


    तेस्रो आँखा