संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा 

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा 


  • 7.6K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा 

    काठमाडौं, १६ फागुन । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ । 

    images

    आइतबार संसदले एमसीसी सम्झौैतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो । तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय पारेको छ । 

    शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए । उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन । 

    ‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो ।’ 
     


    तेस्रो आँखा