• ट्रेण्डिङ्ग :
एमसीसीको साइड इफेक्ट ः सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा 

एमसीसीको साइड इफेक्ट ः सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा 


  • 8.5K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    एमसीसीको साइड इफेक्ट ः सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा 

    काठमाडौं, १६ फागुन ।राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन गरेपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । 

    images

    सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

    राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको अध्यक्ष केसीले बताए ।  

    पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो । 

    आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, यसलाई राष्ट्रघाती कदम भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । 
     

     


    तेस्रो आँखा