मेट्रो कलेजलाई पश्चिम नेपालको उत्कृष्ट कलेज बनाउन पहल गर्नेछु : मास्की

मेट्रो कलेजलाई पश्चिम नेपालको उत्कृष्ट कलेज बनाउन पहल गर्नेछु : मास्की


  • 5.8K
    SHARES
    • कार्तिक ८, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 9.0K Views

    मेट्रो कलेजलाई पश्चिम नेपालको उत्कृष्ट कलेज बनाउन पहल गर्नेछु : मास्की

    तुलसीपुर, ८ कात्तिक । लुम्बिनी प्रदेशका पुर्वअर्थमन्त्री धन बहादुर मास्कीले तुलसीपुर मेट्रो कलेजलाई पश्चिम क्षेत्रकै एक उत्कृष्ट कलेज बनाउनमा पहल गर्ने बताउनु भएको छ । 

    images


    तुलसीपुर मेट्रो कलेजले विहिबार आयोजना गरेको चियापान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मास्कीले तुलसीपुर मेट्रो कलेजमा आफ्नो पहिलो सहभागिता रहेको बताउनुभयो । “आजसम्म आउँदा लोकतन्त्रको उपलब्धि भएको महसुस गरेका छौं” उहाँले भन्नुभयो “दाङको पश्चिम क्षेत्रमा स्थापना भएको तुलसीपुर मेट्रो कलेजको देशभरि चर्चा हुने गरेको छ ।” 

    WhatsApp Image 2024-10-24 at 6.25.13 PM (1).jpeg


    उहाँले युवाहरु बाहिर जाने प्रवृत्तिलाई अन्त्य गर्नु्पर्ने बताउँदै यसमा राज्यको गम्भीर बन्नुपर्ने बताउनु भयो । “हाम्रो देश भौगोलिक हिसाबले धनी भएता पनि आर्थिक हिसाबले गरिब छ, त्यसैले विकास गर्न सकेका छैनौं” उहाले भन्नुभयो ।

    गरिब, जेहेन्दार र बिपन्न बर्गलाई लक्षित गरी पढ्दै कमाउदै भन्ने नारा सहित आफुले अर्थमन्त्री हुँदा बजेट बिनियोजन गरेको तर कार्यन्वयन नहुँदै सरकारबाट बाहिरिनु परेको मास्कीको भनाइ थियो । 

    संचालक समितिका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले तुलसीपुर मेट्रो कलेज प्राबिधिक तर्फबाट राष्ट्रिय स्तरको पुरस्कार पाएकोमा अभिभावकको ठुलो हात रहेको बताउनु भयो । उहाँले मेट्रो कलेजमा अध्ययन गरेका बिद्यार्थीहरु लोकसेवाका विभिन्न पदमा नाम निकाली सफल बन्नु नै कलेजको योगदान रहेको बताउनु भयो । हामी संचालन समिति र तुलसीपुरको आमसमुदायले नै गर्व गर्ने कुरा रहेको मेयर खड्काले बताउनु भयो । 

    तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर मेट्रो कलेकका प्रमुख वसन्त आचार्यले गर्नुभएको थियो ।

    WhatsApp Image 2024-10-24 at 6.25.12 PM.jpeg


    रुपा थापा
    लेखकबाट थप