• ट्रेण्डिङ्ग :
रोल्पाबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीनजनाको अवस्था गम्भिर

रोल्पाबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीनजनाको अवस्था गम्भिर


  • 5.0K
    SHARES
    • कार्तिक १०, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.6K Views

    रोल्पाबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीनजनाको अवस्था गम्भिर

    तुलसीपुर, १० कात्तिक । रोल्पाको कोइलाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको जीप साततलेमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

    images

    शनिबार विहान करिब पौने ४ बजेको समयमा रा १ ज ८२२ नम्बरको जीप सडकदेखि ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । 

    उक्त दुर्घटनामा परी जीप चालक दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ४ बैवाङ निवासी २२ बर्षीय हिरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय सुरेश खड्काको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विहान साढे ६ बजेको समयमा मृत्यु भएको हो । 

    त्यस्तैगरी दुर्घटनामा परी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ निवासी ३१ वर्षीया देवा वली, उनका छोरा १३ वर्षीय महेश वली र १० वर्षीय छोरा जीवन वलीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । तिनै जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । जीपमा चालकसाहित ५ जना सवार रहेको बुझिएको छ । 


    तेस्रो आँखा