दाङ, १० कात्तिक । दाङको घोराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था विचशनिबार अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका सहकारीले गरेका विभिन्न सकारात्मक गतिविधिको जानकारी लिने, सहकारीको क्षेत्रमा देखिएको समस्या र समाधानका उपायका वारेमा बुझ्ने उदेश्यले गएको कलशको टिमले सुर्खेत कालागाँउस्थित जनहितकारी सहकारीसंग अन्तरक्रिया गरेको हो ।
उक्त अवसरमा कलश सहकारीका अध्यक्ष माधव खनाल र निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले कलश सहकारीले बचत तथा ऋण परिचालनसँगै सामाजिक क्रियाकलापमा समेत काम गरिरहेको जानकारी गराउनुभयो । यस्तै जनहितकारी सहकारीका व्यवस्थापक हिमलाल गौतमले संस्थामा हाल १० हजार बढी शेयर सदस्य र करिव एक अर्व बढीको व्यालेन्स सिट रहेको जानकारी दिनुभयो ।
संस्थाले बचतमा अधिकतम ९ प्रतिशत र ऋणमा १३ प्रतिशतमा व्याज लिने दिने र सदस्यहरुममा जन्म, मृत्यु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाल सदस्य प्रोत्साहन, अध्ययन छात्रवृत्ति लगाएतका क्षेत्रमा लगानी गरेको बताउनुभयो ।
हेमराज शर्मा
