तुलसीपुर, ११ कात्तिक । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । रा ३ प ७१८५ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजेको समयमा रक्षाचौरमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर ३ राम्री निवासी २० वर्षीय सुशान्त मगरलाई मुखमा सामान्य चोट लागेको छ । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मोटरसाईकलमा सवार सोहि ठाउँका ५० वर्षीय दोर्ण थापालाई टाउको, छातिमा चोट लागेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । थापालाई थप उपचारको लागि अबस्था नर्सिंङहोम नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
