• ट्रेण्डिङ्ग :
जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ


  • 3.7K
    SHARES
    • कार्तिक ११, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

    काभ्रेपलाञ्चोक, ११ कात्तिक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    images


    पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उहाका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।

    प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा