• ट्रेण्डिङ्ग :
राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह


  • 2.7K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.1K Views

    राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

    चितवन, १२ कात्तिक । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनु भएको छ ।

    images

    नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको सिंहले बताउनुभयो । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समीकरण बनेको उहाँको भनाइ थियो ।

    उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’

    फरक प्रसङगमा उहाँले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्त्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो’, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई सँगै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढङ्गबाट अगाडि बढाउन कांग्रेस सक्षम रहेको बताउनुभयो । यसका लागि सबै सङ्गठित भएर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । सो अवसरमा नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, महिला विभाग सदस्य कलावती भट्टराईलगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।


    तेस्रो आँखा