घूस लिएको अभियोगमा एक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

घूस लिएको अभियोगमा एक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


  • 3.9K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.0K Views

    घूस लिएको अभियोगमा एक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    झापा १२ कात्तिक । सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका एक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

    images

    जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ वडाध्यक्ष डिल्लीप्रसाद ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिएको ठहरिएपछि सोमबमार वडाध्यक्ष विरुद्ध मुद्दा चलाएको हो। उनीविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी त्यही बराबर जरिवाना समेत असुल गर्नुपर्ने र कैद हुनुपर्ने दाबी पनि आयोगको छ।

    आयोगका अनुसार, सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कामका लागि घूस लिइसकेपछि आयोगले नियन्त्रणमा लिएको थियो।  आयोगले मुद्दा चलाएसँगै वडाध्यक्ष ओली स्वतः निलम्बनमा पर्नेछन्।


    तेस्रो आँखा