तुलसीपुर, १३ कार्तिक । ज्ञान ज्योति फाउन्डेसनको दोस्रो संस्करण रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी ज्ञानज्योति मावि तुलसीपुरले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनले २०८० सालदेखि फाउन्डेसनभित्रका विद्यार्थीबीच विभिन्न खेलकुदमा प्रतिस्पर्धा गराउने उद्देश्यका साथ रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ।
पहिलो संस्करणको विजेता विद्यालय अमृत एकाडेमी तुलसीपुर-१९ विजौरीको आयोजना तथा ज्ञान ज्योति फाउन्डेसनको सहकार्यमा कार्तिक ११ देखि १३ गतेसम्म संचालित प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानज्योति मावि तुलसीपुरले उपाधी जितेको हो।
त्यस्तै ३ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको आयोजक विद्यालय अमृत एकाडेमी तुलसीपुर-१९ विजौरीले द्वितीय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसीपुर बम्नै २ स्वर्ण, ३ रजत पदक र १ कास्यसहित तृतीय भयो ।
बेलझुन्डी रंगशालामा तीन दिनसम्म संचालित प्रतियोगितामा फाउन्डेसन भित्रका ८ वटा विद्यालयको सहभागिता रहेको थियो ।
यसैबिच आयोजक विद्यालय अमृत एकेडेमी तुलसीपुर-१९ विजौरीका प्रिन्सिपल प्रताप सिजुवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथा योगी प्रमुख आतिथ्य एवं ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसी, ज्ञानदिप कलेज तुलसीपुरका सहायक प्रधानाध्यापक मनोज केसी र ज्ञान ज्योति मावि तुलसीपुरका एकाडेमिक कोर्डिनेटर शरद गौतम लगायत उपस्थित समापन समरोहमा बिजेता बिधालय तथा खेलाडिहरुलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो भने खेलकुद अफिसियल र उद्घाटन समारोहमा उत्कृष्ट झाकी तथा र्याली प्रस्तुत गर्ने राप्ती पब्लिक स्कुल विद्यालय बाघमारेलाई प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि प्रेमनाथ योगी, संस्थापक अध्यक्ष टीका बहादुर जिसी, ज्ञानदीप कलेजका सहायक प्रमुख मनोज केसी, अमृत एकाडेमी कक्षा ९ मा अध्ययनरत छात्रा सृश्मा थापा लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अमृत एकाडेमीका भाइस प्रिन्सिपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सोमराज बस्नेत गन्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको रनिङ शिल्ड कार्यक्रमको संयोजन शिक्षक सुनिल भण्डारीले गर्नुभएको थियो ।
शिव पुन
