स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु


  • 5.5K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 8.4K Views

    स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु

    दाङ, १३ कत्तिक । कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ।

    images

    बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ पुरेनामा मङ्गलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

    गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटर साइकल एकआपसमा ठोक्किएका थिए।

    घाइते भएका थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


    तेस्रो आँखा