काठमाडौं, १४ कात्तिक । बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । बुधबार बिहान परराष्ट्र सचिव लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।
गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा हुनुभएको थियो । उहाँ पहिलो महिला परराष्ट्र सचिव पनि हुनुहुन्छ । उहाँको कार्यकाल केही महिना बाँकी थियो ।
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा उहाँले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
