• ट्रेण्डिङ्ग :
तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते


  • 11.6K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 17.8K Views

    तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

    तुलसीपुर, १४ कात्तिक । तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको कार दुर्घटना परेको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार बुधबार दिउँसो करिब  १२ बजेको समयमा लमही नगरपालिका–९ अम्राई खोलाको भिडबाट तल खसेको हो । 

    images

    उक्त कार दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी कर्ण बहादुर थापा र पुर्ण बहादुर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुई जनाकै अवस्था गम्भीर छ । अहिले घाइतेहरुको उद्धार गरि उपचारका लागि लमही अस्पताल पठाएको छ । कार सडकदेखि करिब दुई सय ५० मिटर तल खसेको छ ।


    तेस्रो आँखा