बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो

बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो


  • 5.2K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.0K Views

    बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो

    दाङ, १४ कात्तिक  । नारायणपुर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो कार्यक्रम थालेको छ । संघले नारायणपुर क्षेत्रको बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो कार्यक्रम थालेको हो ।

    images

    नारायणपुर, सौरी कुला तथा खैरा क्षेत्रको बजार व्यवस्थापनका लागि भैलो कार्यक्रमको सञ्चालन गरेको संघले जनाएको छ ।  सडकका खाल्डाखुल्डी पुर्ने, सडक बत्ती व्यवस्थापन गर्ने, प्रतीक्षालय व्यवस्थापन गर्ने, फोहोर व्यवस्थापन तथा वाचनालय स्थापना लगायतका कार्यका लागि भैलो कार्यक्रम सञ्चालन गरिएको संघका अध्यक्ष अनिलकुमार बस्नेतले जानकारी दिएका छन् । ´बजार क्षेत्रलाई व्यवस्थित गर्नका लागि भैलो कार्यक्रम सुरू गरेका हौँ । अझ विशेष गरेर पछिल्लो समयमा नेपाली मौलिक संस्कृति हराउँदै जान थालेको छ । पछिल्लो पुस्ताहरू पाश्चात्य संस्कृतिमा रमाइरहेका छन् । यस्तो परिस्थितिमा नेपाली मौलिक संस्कृतिको जगेर्ना र संरक्षणमा टेवा पुर्‍याउनका लागि पनि भैलो कार्यक्रम आयोजना गरेका हौँ ।´ बस्नेतले थपे, `पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिलाई गाँजेको बेला नेपाली संस्कृतिको मूल्य मान्यताको महत्त्व बुझाउन प्रयासस्वरूप पनि संघले भैलो कार्यक्रम आयोजना गरेको हो । ´

    462569559_614149070936335_4275792851141179095_n.jpg

    भैलो कार्यक्रममा नेपाली संस्कृति झल्कने गीत, संगीत तथा सिङ्गारू, पुरसुङ्गे, सोरठी, ख्याली टप्पा लगायतका नाच प्रस्तुत गरिएका छन् ।


    तेस्रो आँखा