तुलसीपुर १४ कात्तिक । तुलसीपुरबाट अमिलिया तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ का ४५ बर्षीय कर्णबहादुर थापा रहेका छन् । थापालाई उपचारको लागि लमही अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन ।
कारमा सवार तुलसीपुर – ७ झुमरेका ३३ बर्षीय पूर्णबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको पनि लमही अस्पतालमा उपचार भइ रहेको छ । पुर्णको अवस्था उधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमिलिया तर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका – ९ स्थित अम्राई खोला नजिक बुधबार मध्यान्न करिब १२ बजेको समयमा सडकदेखि दुइसय ५० मिटर तल खसेको थियो ।
