• ट्रेण्डिङ्ग :
शुद्ध, स्वच्छ र स्वस्थ बस्तुकाे उपभोग गर्न पाउनुपर्छ : उपभोक्ता

शुद्ध, स्वच्छ र स्वस्थ बस्तुकाे उपभोग गर्न पाउनुपर्छ : उपभोक्ता


  • 2.7K
    SHARES
    • कार्तिक १५, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    शुद्ध, स्वच्छ र स्वस्थ बस्तुकाे उपभोग गर्न पाउनुपर्छ : उपभोक्ता

    दाङ, १५ कात्तिक । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले उपभोक्ता अधिकार सम्बन्धी नागरिक संवाद सम्पन्न गरेको छ । दिपावली, छठ र नेपाल सम्वत लगायत पर्वको अवसरमा उपभोक्ता अधिकार सम्बन्धी नागरिक संवाद आयोजना गरिएको शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो ।

    images

    नागरिक संवाद कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले कानून निर्माण गरिएको भएपनि कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । तिहारका समयमा मिठाईका परिकारमा मिसावट, बिषाक्त तरकारी खानुपर्ने अबस्था सृजना भईरहेको उहाँले बताउनुभयो । त्यसका लागि प्राबिधिक रुपमा छलफल र त्यस्ता कार्यलाई नियन्त्रण गर्न प्रयास जारिरहेको बताउनुभयो ।

    नागरिक संंवाद कार्यक्रममा कपडा ब्यवसाय अर्थात् फेन्सी कपडाको मुल्यमा एकरुपता हुन नसकेको, मिठाई जन्य बस्तु, तरकारी र फलफुलमा बिषाक्त पदार्थको अधिक्तम प्रयोग, औषधि ब्यवसायीको दर्ता प्रक्रिया र प्रतिबन्ध गरिएका औषधिको बिक्रि गरि दुब्र्यसनीहरुको पहुँच गराएको, सुधार गृहहरुको मापदण्ड माथि प्रस्न उठ्ने गरेको, आतिसबाजीरुपमा पटका पटकाउँदा ध्वनी र वातावरणमा नकारात्मक असर पर्दै गएको लगायतका विषय केन्द्रित भएका थिए ।

    उपभोक्ता अदालत गठन गर्ने ब्यवस्था कानुनमा भएपनि हाल काठमाडाै‌‍ जिल्लामा मात्र भएको आगामी दिनमा सबै जिल्लामा गठन गरिनुपर्ने लगायतका बिषयमा सहभागीहरुले जोड दिएका थिए ।


    शान्ति समाजमा निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतले उपभोक्ता अधिकार सम्बन्धी संवैधानिक तथा कानुनी ब्यवस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

    सो अवसरमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल सिंह ठकुरी, उच्च अदालत बार एशोसियसनका प्रतिनिधि श्रीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष बिश्व बस्नेत, तुलसीपुर चेम्वर अफ कर्मशका अध्यक्ष ऋषिराज भण्डारी, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, शान्ति समाजका केन्द्रीय सदस्य तुलसीराम सुनार, शान्ति समाजका पूर्व उपाध्यक्ष एवम अधिबक्ता मोहन प्रसाद धिताल, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्व वडाअध्यक्ष एवम अधिकारकर्मी नवराज लामिछाने, शान्ति समाजका कोषाध्यक्ष एवम अधिकारकर्मी निर्मला गौतम, अपाङ्ग समाज सुधार केन्द्रका प्रबन्ध निर्देशक हुमाकान्त कँडेल लगायतले नागरिक संवादमा आआफ्ना भनाई राख्नुभएको थियो । 

    सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति अमृत प्रसाद शर्माले र सहजीकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो ।


    सुशील बस्नेत
    लेखकबाट थप