नेपालगञ्ज, १७ फागुन । बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई भाेलि अदालत लैजाने भएकाे छ । नेपालगञ्ज विमानस्थल राँझाबाट प्रकाउ परेका बानियाँलाई म्याद थपका लागि बुधबार अदालत लगिने भएकाे हाे ।
(आज) मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिने प्रहरीले जनाएकाे छ। सांसद बानियाँलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेकाे थियाे ।
जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी वेपत्ता थिए । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थिए ।
ऋण लगेको पैसा फिर्ता गर्छु भनेर बोलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
