• ट्रेण्डिङ्ग :
भारतमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

भारतमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु


  • 3.6K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.6K Views

    भारतमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

    काठमाडौं १७ कात्तिक । भारतमा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै आईरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।

    images

    शनिबार बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

    कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उहाँकी पत्नी धनकला घाइते हुनुभएको बलरामपुर प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा