राष्ट्रपति पौडेलले शुभसाइतमा बहिनीहरूबाट लगाए तिहारको टीका

राष्ट्रपति पौडेलले शुभसाइतमा बहिनीहरूबाट लगाए तिहारको टीका


  • 2.4K
    SHARES
    • कार्तिक १८, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.7K Views

    राष्ट्रपति पौडेलले शुभसाइतमा बहिनीहरूबाट लगाए तिहारको टीका

    काठमाडौँ, १८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनु भएको छ ।

    images

    राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    IMG_20241103_125152.jpg

    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

    भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।


    तेस्रो आँखा