अर्घाखाँची, १८ कात्तिक । अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-११ ढुंगे देउरालीमा एचआर ५५ एयु ८७९३ नम्बरको भारतीय कार दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु भएका व्यक्तिको परिचय भने खुल्न सकेको छैन । कार सडकबाट आठ सय मिटर तल खसेको छ । घटनास्थल भिरालो र अप्ठ्यारो बाटो भएकाले खोजी कार्यमा असहज भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो ।
