दाङ/ दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ कमलरोड सिसहनियाँ निवासी वर्ष २२ का प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सोमबार बिहान साढे ६ बजेको समयमा लमही नगरपालिका वडा नं. ५ बैंकरोड नजिकै रा ७ प ४०७४ नं. को मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा भेटिएको थियो । दुर्घटनामा परेका रानालाई उद्धार गरि लमही अस्पताल पुगाए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
