पाल्पा २० कात्तिक । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका-८ गौंडेमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन नगरपालिका( ७ का २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेको समयमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाइकल गौंडेस्थित सिद्धार्थ राजमार्गबाट तल खस्दा उक्त दुर्घटना भएको हो ।
मोटरसाइकल पछाडि सवार थापाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक ४३ वर्षीय इन्द्रबहादुर गाहा पनि घाइते भएका छन् । उनको उपचार भइरहेको छ। घाइते गाहाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
