किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ


  • 2.3K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    बाँके २१ कात्तिक । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images

    थारूले ती किशोरीलाई गत कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  
     


    तेस्रो आँखा