• ट्रेण्डिङ्ग :
दाङमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

दाङमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु


  • 5.9K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 9.0K Views

    दाङमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

    बिजौरी २१ कात्तिक । दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी निवासी मधु क्षेष्ठका १६ वर्षीया छोरा किशोर श्रेष्ठ रहेका छन् ।

    images

    बुधबार बिहान सवा १० बजेको समयमा आफ्नै घरमा दिपावलीको लागि लगाइएको बत्ति निकाल्ने क्रममा किशोरलाई एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लागेको थियो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका किशोरलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उनलाई चिकित्सकहरुले ११ बजेको समयमा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा