लोकतान्त्रीक समाजवादी पार्टीले आयोगमा बुझायो किर्ते कागजात, आन्तरिक विवाद चुलीदै  

लोकतान्त्रीक समाजवादी पार्टीले आयोगमा बुझायो किर्ते कागजात, आन्तरिक विवाद चुलीदै  


  • 10.5K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    लोकतान्त्रीक समाजवादी पार्टीले आयोगमा बुझायो किर्ते कागजात, आन्तरिक विवाद चुलीदै  

    काठमाडाैं,१८ फागुन । लोकतान्त्री समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगमा किर्तो कागजात बुझाएको छ । आयोगले स्थानीय तह निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिको बैठकको निर्णय अनिवार्य गराएपछि लोसपाले पुरानै माइन्युट सहितको कागजात बुझाएको हो ।  

    images

    आयोगले दल दर्ता सम्बन्धी कार्यविधिमै आवश्यक डकुमेन्टमा केन्द्रीय समितिको बैठकको माइन्युटिङ हुनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा केन्द्रीय समितिको बैठक नबोलाई पुरानै कागजातले दल दर्ता गराएको छ ।

    केन्द्रीय सदस्यहरुले गरेको पुरानो हस्ताक्षरलाई दुरुपयोग गरी आयोगमा डकुमेण्ट बुझाएको भन्दै लोसपाभित्र विवाद शुरु भएको छ । पार्टी गठन भएदेखि अहिलेसम्म एक पटक केन्द्रीय समितिको बैठक बस्न नसकेको नेताहरुले बताएका छन् ।  गत भदौ १ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्न जाँदा लोसपाका नेताहरुले ३० सदस्यीय कार्यकारिणी समितिको सूची बुझाएका थिए । त्यही सूचीलाई नै उनीहरूले केन्द्रीय समिति मान्दै आएका छन् ।

     त्यसबेला संंकलन गरिएको हस्ताक्षरलाई दुरुपयोग गरी आयोगमा पटक पटक सूची बुझाइएको भन्दै लोसपाका भित्र विवाद चर्किएको छ । राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनको लागि आयोगमा दर्ता गराउँदा पनि पुरानो हस्ताक्षर प्रयोग गरी आयोगमा बुझाइएको नेताहरुले आरोप लगाएका छन् ।  

    लोसपामा अहिले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षवीच विवाद छ । सामान्य भेटघाट समेत नहुनेगरी देखिएको विववादले कुनै पनि बेला ठाकुर र महतो अलग अलग हुने सम्मको अवस्था आउन लागेको एक नेताले बताए ।  दुई नेतावीचको विवादबाट निराश भएका केही नेताहरु लोसपा छाडेर पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय बनाएका छन् । वृषेशचन्द्र लाल लगायतका नेताहरु अहिले तमलोपालाई सक्रिय बनाउने अभियानमा जुटेका छन् । 

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • तेस्रो आँखा
    लेखकबाट थप