• ट्रेण्डिङ्ग :
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो


  • 2.5K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    काठमाडौं २२ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

    images

    बिहीबार स्वदेश फर्किएको क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अमेरिका र क्यानडामा रहँदा नेपालले दुई वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि-२० सिरिज तथा अमेरिकासँग तीन टि-२० आई सिरिज खेलेको थियो ।

    भदौ २५ गते क्यानडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग टु अन्तर्गतको ओडिआई सिरिज खेलको थियो । त्यसपछि भएको त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा दोस्रो भएको थियो। क्यानडा भ्रमण सकाएर अमेरिका गएको नेपाली टोलीले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिन स्विप गरेको थियो। त्यसपछि घरेलु टोली र स्कटल्याण्डसँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा २ मा पराजित नेपाल १ जित र १ खेल रद्द हुँदा ३ अंक पाउन सफल भयो।

     


    तेस्रो आँखा