देउखुरी, २२ कात्तिक । होल्दे घिमिरे समाज दाङको प्रथम बार्षिक साधारण सभा तथा वंशावली विमोचन कार्यक्रम बिहिवार लमहीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष इश्वरीराज उपाध्यायको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले समाजमा देखा परेको विकृती, विसंगतीको अन्त्यका लागि सामाजिक संघ संस्थाहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनु भयो ।
वडा नं। ५ का वडा अध्यक्ष ओमप्रसाल सुवेदी, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, अधिकारी समाज लमही क्षेत्रका अध्यक्ष दण्डपाणी अधिकारी, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोख्रेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि जोगराज चौधरी सहित अतिथिहरुले वंशावलीको बिमोचन गर्नु भएको थियो । वंशावलीको समिक्षा देउखुरी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुधिरकुमार अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा ८० बर्ष नाघेका दाङ नारायणपुर निवासी विष्णुप्रसाद घिमिरे, दाङ पलासे निवासी कलादेवी घिमिरे, बसुन्धरा घिमिरे, फोप्ली प्यूठान निवासी धनबहादुर खत्री घिमिरे, मजनीगढ देउखुरी निवासी खेतुलाल खत्री घिमिरे, लमही नगरपालिका–३ बनगाउँ निवासी मेघप्रसाद घिमिरे, गोमादेवी घिमिरेलाई सम्मान गरिएको थियो ।
गुणनिधि घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केशव शर्मा घिमिरेले गर्नु भएको थियो । सम्मानीत व्यक्तित्वहरुको जिवनीबारे पद्मप्रसाद घिमिरेले प्रकाश पार्नु भएको थियो ।
इश्वरीराज उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा द्वारीकाप्रसाद घिमिरे, सहसचिवमा सरस्वता घिमिरे, कोषाध्यक्षमा पद्मप्रसाद घिमिरे, सदस्यहरुमा पेमबहादुर खत्री घिमिरे, रुद्रप्रसाद घिमिरे, कुमार घिमिरे, सरोज घिमिरे, कृष्णा घिमिरे, श्रीधर घिमिरे रहनु भएको छ । बैकल्पिक सदस्यहरुमा कृष्णा घिमिरे९कृष्णपुर०, रवी घिमिरे रहनु भएको छ ।
सल्लाहकार समितिको संयोजकमा कमल घिमिरे र सदस्यहरुमा पदम घिमिरे, मधुसुदन घिमिरे, यमबहादुर घिमिरे, रामकुमार घिमिरे रहनु भएको छ । लेखा समितिको संयोजकमा बासुदेव घिमिरे र सदस्यहरुमा गुणनिधि घिमिरे, मिनराज घिमिरे रहनु भएको छ ।
