बन्चरो प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

बन्चरो प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


  • 2.5K
    SHARES
    • कार्तिक २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    बन्चरो प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    तनहुँ २३ कात्तिक । तनहुँमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले बिहीबार ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 

    images

    बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

    हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


    तेस्रो आँखा