• ट्रेण्डिङ्ग :
न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछु : न्यायाधीश पाण्डे

न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछु : न्यायाधीश पाण्डे


  • 3.0K
    SHARES
    • कार्तिक २३, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछु : न्यायाधीश पाण्डे

    काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताउनु भएको छ ।

    images

    शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रस्तुत गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभूति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताउनुभयो ।

    स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताउनुभयो । प्रस्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताउनु भएको हो ।

    प्रस्तावित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताउनुभयो ।


    तेस्रो आँखा