रोल्पा, २३ कात्तिक । रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।
घाइतेमध्ये सातजना उपचार पश्चात डिस्चार्ज भइसकेको र तीनजनाको उपचार भइरहेको प्रहरीले बताएको छ । शुक्रवार रोल्पाको बसारेबाट तुलसीपुर आउँदै गरेको लु १ ज २३८६ नम्बरको जिप त्रिवेणी गाउँपालिका-३ तिखनभिर नजिकै दुर्घटना भएको हो ।
जिपमा १२ जना सवार मध्ये १० जना घाईते भएका थिए । घाइते हुनेमा रोल्पा सुकिदह-४ पाखापानि बस्ने बर्ष ७० का भरत बहादुर वली, सोही ठाउँका बर्ष १८ का लोकेन्द्र खत्री, बर्ष ३४ का तिलक केसी, बर्ष १३ की लक्ष्मी केसी, बर्ष ३९ की रुपा केसी, बर्ष १२ का नवीन केसी, बर्ष ९ का मोहन केसी, बर्ष ३७ का दिपक खत्री, बर्ष २६ का भुपाल खत्री र बर्ष २३ की निर्मला वली रहनु भएको छ ।
