• ट्रेण्डिङ्ग :
सातबासमा खुला भलिबल प्रतियोगिता सुरु

सातबासमा खुला भलिबल प्रतियोगिता सुरु


  • 6.1K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.4K Views

    सातबासमा खुला भलिबल प्रतियोगिता सुरु

    दाङ, २५ कात्तिक । तुलसीपुरको सातबासमा खुला भलिबल प्रतियोगिता २०८१ आज देखिसुरु भएको छ । नवज्योती सांस्कृतिक युवा क्लब तुलसीपुर ३ ले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको हो ।

    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव बस्नेतले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र आम नागरिकको चासो र चिन्तन भित्र पर्नु पर्ने बताउनु भएको छ । "खेलकुदलाई राज्यका तीन तहका सरकारले हेर्ने र बुझ्ने दृष्टिकोण फितलो भएपनि आम खेलप्रेमि नागरिकको खबरदारी, चासो र चिन्तनले सिङ्गो खेल क्षेत्रलाई माथी उठाउन सकिन्छ" उहाँले भन्नूभयो । साथै उहाँले खेलकुदमा भविष्य खोजेका खेलाडिले अनुशानको उच्च आदर्शलाई आत्मसात गर्नु पर्ने सुझाव दिनुभयो । 

    क्लबका अध्यक्ष धनराज रोकाको अध्यक्षतामा भएको कार्यक्रममा खोखो संघ दाङका सचिव तथा फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीलगातकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन धनराज थापाले गर्नु भएको थियो ।

    यसैबिच प्रतियोगिताको आज सम्पन्न खेलमा रोयल ग्याङ भलिबल टिम तुलसीपुरले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक नवज्योती सांस्कृतिक युवा क्लब तुलसीपुर ३ लाई २५-२३ र २५-१६ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै रोयल ज्याङले बिजयी सुरुवात गरेको हो । 

    तीन दिनसम्म संचालित प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हात पार्ने टिमलाई क्रमशः १५, १० र ५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा दाङ र सल्यान जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनुभएको छ ।

    यसैबीच आयोजकले यहि कार्तिक २७ गते हुने आफ्नो २२ औ वार्षिकोत्सब तथा हरिबोधनी एकादशी मेलामा उपस्थितिका लागि सबैमा आह्वान गरेको छ ।


    तेस्रो आँखा