• ट्रेण्डिङ्ग :
बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु


  • 3.5K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.4K Views

    बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    बागलुङ २६ कात्तिक । बागलुङको छिस्तीमा पिकअपभ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

    images

    बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

    मृतकको पहिचान खुलेको छैन । भ्यान सडकदेखि एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।

     


    तेस्रो आँखा