बागलुङ २६ कात्तिक । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा भएको पिकअपभ्यान दुर्घटनामा परि मृत्यु हुने सबैको सनाखत भएको छ । सोमबार बिहान जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटनामा परि चालकसहित ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जैमिनी नगरपालिका ८ केवई निवासी जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । उक्त दुर्घटनामा परि दुर्घटनामा जैमिनी नगरपालिका वडा नं. ८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।
जैमिनी–७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ ‘पिकअपभ्यान’ सोमबार बिहान दुर्घटनामा परेको हो । भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको छ ।
