• ट्रेण्डिङ्ग :
राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुले ध्यानाकर्षण पत्र  बुझायो

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुले ध्यानाकर्षण पत्र  बुझायो


  • 2.6K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.0K Views

    राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुले ध्यानाकर्षण पत्र  बुझायो

    काठमाडौं, २६ कात्तिक । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    खोटाङका शिवकुमार राईको उत्तर पुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको विषयमा अनेरास्ववियुले चासो राख्दै ध्यानाकर्षण गराएको अनेरास्ववियुका केन्द्रीय सदस्य धर्मराज तिमिल्सीनाले जानकारी दिनुभयो ।

    छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तर पुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भए पछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले यस प्रति चासो राखेको उहाँले बताउनुभयो ।

    neb-bhaktapur.jpg


    तेस्रो आँखा