इन्टर्नसिपकाे माग गर्दै भोक हड्ताल उत्रिए एमबीबीएसका विध्यार्थी  

इन्टर्नसिपकाे माग गर्दै भोक हड्ताल उत्रिए एमबीबीएसका विध्यार्थी  


  • 8.5K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    इन्टर्नसिपकाे माग गर्दै भोक हड्ताल उत्रिए एमबीबीएसका विध्यार्थी  

    काठमाडौं, १८ फागुन । चीनबाट फर्किएका एमबीबीएस २०१५/२०१६ ब्याचका विद्यार्थीहरु गएको तीन दिनदेखि इन्टर्नसिप व्यबस्थापनको माग गर्दै माइतिघर मण्डलमा भोक हड्तालमा उत्रिएका छन् ।  कोभिड–१९ महामारीका कारण चीनबाट फर्केका मेडिकल साइन्सका विद्यार्थीहरुले नेपालमा तत्काल इनन्टर्नसिपको व्यबस्थापन गर्न सरकार सँग माग गरेका हुन् ।

    images

    विद्यार्थीहरुको मागलाई सम्बन्धित पक्षले चासो नदेखाएपछि आफूहरु सडकमा आउनुपरेको उनीहरुको गुनासो गरेका छन् । अरु केही नमागेर सरकारले नै गरेको निर्णयलाई कार्यान्वयन गर्न माग गरेको उनीहरुको भनाई छ ।  यसअघि उनीहरुले प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइ सकेका छन् ।

     पुस १४ गते मन्त्रिपरिषदको बैठकबाट २०१५ र २०१६ सालमा भर्ना भई चीनको विभिन्न विश्वविद्यालयबाट आफ्नो सैद्धान्तिक अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई नेपालका सरकारी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्नसिपका लागि व्यवस्थापन गर्न निर्णय गरेको थियो ।

    मन्त्रीपरिषदको उक्त निर्णय कार्यान्वयन नहुँदा आफूहरु मर्कामा परेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको निर्देशन अनुसार १८ महिने इन्टर्नसिप व्यबस्थापन गर्न माग गरेका छन् ।  


    तेस्रो आँखा
    लेखकबाट थप