पोर्चुगल २६ कार्तिक/ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्वाध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष एनआरएनए तिलक गैरेको विशेष अतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने एक बरिष्ठ उपाध्यक्ष, एक महिला उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक सह सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरी २९ कार्यसमिति सदस्य चयन भएका थियो ।

इमान सिङ तामाङको अध्यक्ष रहेको नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमितिहरूमा बरिष्ठ उपाध्यक्ष प्रेम गोम्जा, महिला उपाध्यक्षमा निशा तामाङ,उपाध्यक्षमा सबिना मनाङथेन, फुर्बा सिङ दोङ लामा, युवराज लामा,पासाङ लामा र सोनाम लामा रहेका छन् । भने महासचिवमा राजु लामा मोक्तान, सचिवमा निर्मला तामाङ बज्यु, सह सचिवमा पुनम तामाङ, कोषाध्यक्षमा सागर योञ्जन लामा र सह-कोषाध्यक्षमा म्लाङ सिङ तामाङ रहनु भएको छ । त्यसैगरी युवा संयोजकमा बिकाश लामा, सह(युवा संयोजकमा लोप्साङ लामा र सास्कृतिक संयोजकमा बिकाश तामाङ रहनु भएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा सबी लामा लोप्चन, शेरबहादुर तामाङ, बिरेन तामाङ, लक्ष्मी तामाङ, नरजङ तामाङ, बिल मोक्तान, लमिन तामाङ,सुनिल लामा, बुद्धि तामाङ, सुनबिर लामा, साङदोर्जे लामा, दावाङ लामा, समिर वाईवा, बिशाल तामाङ सयांङतान, सन्जु मोक्तान, सम्झना तामाङ, सुरेश पाख्रिन, उदाश तामाङ, सोम बहादुर तामाङ, सोमिला लामा बल, राजेश लामा, सुर्य लो तामाङ, नानु मोक्तान, अलिना तामाङ, जित बहादुर तामाङ, मिन तामाङ, दिपक दोङ र रोमीला तामाङ रहेका छन् ।

कार्यक्रमको एनआरएनए पोर्चुगलका उपाध्यक्ष सुजन लामा, एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्ले, सुदुरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दिपेश बिस्ट, पुर्व पर्यटन दुत रमेश गुरुङ, जन सम्पर्क समिती पोर्चुगलका अध्यक्ष युवराज पन्थी, मन्तिजो समाज पोर्चुगलका अध्यक्ष प्रवल भट्टराई, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुडापृथी, पोर्चुगलका सफल नेपाली ब्यवसायी एवं एनआरएनए पुर्बाध्यक्ष लक्ष्मी सापकोटा, शुदुरपश्चिमेली समाज पोर्चुगलका अध्यक्ष दिपेस बिस्ट लगायतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा संस्थालाई आमसन्चारको माध्यमबाट सहयोग गर्ने पत्रकार दीपक भण्डारी, प्रवल भट्टराई, भरत प्रधान, पुस्तक रेग्मी, कलस खरेल, नवराज दुवाडी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन महासचिव राजु लामा मोक्तान र उपाध्यक्ष फुर्पा तामाङले गर्नु भएको थियो ।
दीपक भण्डारी
