काठमाडाैं,१८ फागुन । काठमाडौं, १८ फागुन । फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिका विदा दिने निर्णय गरेको छ । मिति २०७८/११/१६ मा बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपाल राज्य भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेकोे मन्त्रालयले विज्ञप्ती जनाएको छ । बुधाबार नेपाल सरकार तथा गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको निर्णयबारे जानकारी गराएको हो । 
